बागलुङमा बाढीकाे बितण्डा,८काे शब फेला, दर्जनाै बेपत्ता

khabarwave
१८ भाद्र २०७७

काठमाण्डाै ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बुधबार राती बाढी आउँदा बाढी बेपत्तामध्ये ८ जनाको शव फेला परेको छ । बुर्तिबाङ्गकाे प्रहरीले   ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिएकाे छ । बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको बताईएकाे छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा ३६ जना बेपत्ता भएका हुन ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ साबिक बोबाङ्ग गाबिसको पनि वडा नम्बर–९ को दुवालदेखि घट्टेचौर , सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

अहिलेसम्मकै अकल्पनीय घटना घटेको घटनास्थलमा पुग्न करिब ३ घन्टा पैदल हिँड्नुपर्छ । गाडी जान सक्दैन । स्थानिय प्रहरी कार्यालय बुर्तिबाङ्गका  प्रहरी  हिँडेर घटनास्थल गएका छन् ।

 

Loading spinner