बर्दिया कांग्रेसका नेता बर्माको निधन

khabarwave
३० भाद्र २०७७

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य कृष्णकुमार बर्माको सोमबार निधन भएको छ । उनी

नेपाली कांग्रेस बर्दियाका नेता एवम् महासमिति सदस्य समेत थिए ।

भक्तपुरबाट स्कुटी आफैले चलाएर किष्ट अस्पतालमा मिर्गौलाको डायलसिस गराउन आएका बर्मा औषधि किन्ने क्रममा ढलेका थिए ।‘डायलसिस गराउनुभयो । त्यसपछि नजिकै रहेको औषधि पसलमा औषधि किन्ने क्रममा प्रेसरलो भएर ढल्नुभए छ’, तिमिल्सिनाले भने, ‘कोरोनाका कारण कसैले पनि उहाँलाई उठाएर छिटो अस्पताल पुर्‍याइदिएन छन् । समयमा अस्पताल पुर्‍याउन नसक्दा उहाँको निधन भयो ।’

मिर्गौला ट्रान्सप्लान्ट गरेका बर्माले विगत १८ वर्षदेखि उपचार र डायलसिस गराउँदै आएका थिए ।बर्मा बर्दिया जिल्लाको तत्कालीन गोला गाविसका पूर्वअध्यक्ष, राजापुर सिंचाइँ परियोजनाको अध्यक्ष समेत रहेर जनताको सेवा गरेका थिए ।

बर्माको निधनले बर्दिया कांग्रेसलाई ठूलो क्षति पुगेको नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले बताएका छन् । तिमिल्सिनाले भने, ‘आदरणीय दाई कृष्णकुमार बर्माको असामयिक निधन भएको खबरले दुखित तुल्याएको छ । बर्दिया कांग्रेसलाई ठूलो क्षति भएको छ ।’

बर्माको सोमबार करीव ४ बजेतिर निधन भएको जानकारी पाएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहित, संगठन विभागका सदस्य जन्मजय तिमिल्सिना, गुठी संस्थानका अध्यक्ष एवम् महासमिति सदस्य मीनराज चौधरी र व्यवसायी एवम् कांग्रेस नेता भरत चलाउने किष्ट कलेज पुगेका थिए ।उनीहरूको पहलमा एम्बुलेन्स बनाएर स्व।बर्माको शवलाई अन्तिम दाहासंस्कारका लागि गृहजिल्ला बर्दिया पठाइएको छ ।

 

 

Loading spinner