फोन पेकाे दशै अफर
काठमाडौं। फोन पे पेमेन्ट सर्भिसले चाड दसैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना ल्याएको छ।
शनिबारदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यो योजना ल्याएको हो। यो योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनाएकाे छ।
कम्पनीका करिब डेढ लाख मर्चेन्ट रहेकाे र फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ।