प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष अग्रवालले लिए सपथ

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।

Loading spinner