प्रधानमन्त्रीलाई देउवाकाे त्याे फाेन, जसले वरिष्ठ नेता पौडेललाई रिहाई गरायाे

khabarwave
१७ मंसिर २०७७

काठमाण्डाै । व्यापक बिराेधपछि  निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडेको छ । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोनसमेत  गरेका थिए  । त्यसपछि पौडेलकाे रिहाइ भएकाे छ । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए ।

Loading spinner