
राष्ट्रपति र प्रधानमन्त्री निवासमा टीका कार्यक्रम राखिएन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजयादशमीकाे दसैँको टीका लगाएनन् । बुवा झापामा रहेकाले प्रधानमन्त्री ओलीले बडादसैँको टीका नलगाएकाे हुन । प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्न समेत उनले निर्देशन दिएका थिए ।
उनले टिका नलगाएपनि प्रधानमन्त्री ओलीले प्रथम महिला राधिका शाक्यलाई आज बडा दसैँको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले बडादसैँलाई कोभि१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन देशवासीका नाममा संबोधन गर्दै विशेष आग्रह गरेका थिए । यसैबीच राष्ट्रपति निबासमा पनि सार्वजनिक दसैँ टीका कार्यक्रम राखिएकाे छैन ।