प्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच भेटबार्ता, सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्ने बिश्वास

khabarwave
१४ मंसिर २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेबीच भेटबार्ता भएकाे छ । साे अबसरमा   प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन ।२१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए।

Loading spinner