
प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण साेधियाे , तपाइलाइ किन साधारण सदस्यबाट नहटाउने ?
काठमाडौं । नेकपा माधव–प्रचण्ड समूहकाे बैठकले बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको हाे । बैठकले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ ।
पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण पार्टी सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो ।