प्रधानमन्त्री ओलीद्वारा निर्वाचन २ चरणमा हुने घाेषणा

khabarwave
९ माघ २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिएका छन । यसको औपचारिक निष्कर्ष निस्किनसकेको  भने उनले बताएका छन। प्रधानमन्त्री ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुने सम्पन्न हुने बताएका छन् ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताएका छन । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए । उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरेका छन ।

 

 

 

Loading spinner