प्रतिष्ठानका उपकुलपति कोरोनाबाट संक्रमित

khabarwave
३० भाद्र २०७७

काठमाण्डाै । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।उपकुलपति डा. गिरीका प्रशासनिक सल्लाहकार दिलिप भट्टराईले सामाजिक संजाल मार्फत उक्त कुराकाे जानकारी दिएका छन ।प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै हाल उपकुलपति आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहनु भएको भट्टराईले सामाजिक संजाल मार्फत उल्लेख गरेका छन ।

प्रतिष्ठानका दैनिक कार्यहरु भिसी कार्यलयबाट संचालन  हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु सचिवालय मार्फत उपकुलपतिसँगको समन्व्यमा आवश्यक कार्यहरु गरिने बताइएकाे छ ।

Loading spinner