प्रतिभा पलायन र यसको असर
प्रेम शर्मा सकी नसकी सन्तानलाई शिक्षा दीक्षा दियो, निश्चित तह पार गरेपछि प्रतिस्पर्धी संसारमा सन्तानको स्थान सुरक्षित गर्ने क्रममा उनीहरूलाई थप शिक्षा आर्जन गर्न विदेश तिर पठाउछन अभिभावकहरू । नेपालमा पनि उच्च शिक्षा आर्जन गर्ने बिकल्पहरू नभएका हैनन् तर यहाबाट प्राप्त शिक्षा त्यति प्रतिस्पर्धि र गुण स्तरीय हुन नसक्नाले थप शिक्षाका लागि वैदेशिनुको विकल्प छैन। यसरी विदेशिएका सन्तानहरूले ऋणधन गरेर प्राप्त हुने शैक्षिक योग्यतालाई आफ्नो देशमा लगानी गर्ने वातवरण नहुदा विदेश तिरै उपयोग गर्न वाध्य हुने हुदा उनीहरूको कर्म थलो पनि विदेश नै वन्न जान्छ।
विदेशमा अध्ययन गर्न जादा हरेक विद्यार्थीले शिक्षा मन्त्रालय मार्फत सरकार संग सहमती लिएका हुन्छन् तर सरकारले उनीहरूको कुनै खोज खवर चासो लिदैन उ कहाॅं छ? स्वदेश फर्के पछि कहाॅं राख्ने? कति विद्यार्थी कुन कुन विषय कहाॅं कहाॅं पढ्न गएका छन्? पढेर के गर्दै छन्? स्वदेशमा फर्काउने नीति छ छैन यस्ता विषयमा सरकार मौन छ। यसै कारण पनि वैदेशिक अध्ययनका लागि गएको दक्ष जनशक्ति उतै पलायन हुन पुग्छ। सरकारको गैर जिम्मेवारीका कारण यसरी पलायन भएका सन्तानको खोजी स्वयं अभिभावकले मात्र गर्छ। यसरी आफ्ना सन्तानको खोजी गर्दै उमेर ढल्केको अभिभावक पनि विदेशिन पुग्छ, जुन विडम्बना नै भन्न पर्छ। हाम्रो संस्कार अनुसार सन्तानलाई बुढेशकाल र अशक्तताको सहारा मानिन्छ, सरकार संग बृद्ध बृद्धाका लागि पालन पोषण, स्वास्थोपचारका कुनै कार्यक्रमहरू छैनन्।
सस्तो लोक प्रीयताका लागि बृद्ध भत्ताका नाममा सीमित रकम बाड्ने गरेको छ जुन ब्यबहारिक र पर्याप्त छैन, भविष्यका सहाराका रूपमा रहेका सन्तानहरू विदेशिन वाध्य पार्ने र बृद्ध बृद्धाको उचीत हेरविचारको ब्यबस्था पनि गर्न नसक्ने सरकार निकम्मा सावित भएको छ। यसरी बुढेशकालमा सन्तानलाई स्वदेश बोलाएर बेरोजगार बनाउनु भन्दा आफ्नो ढल्कदो उमेर र बिग्रदो स्वास्थ्य लिएर सन्तानको पछि लाग्न विदेशिएका सन्तानका आमाबाबु बाध्य छन्। बिदेशमा गयो भाषाको समस्या, रोजगारीको समस्या ,औषधी वीमाको समस्या, आमाबाबुलाई हेर्ने सम्बन्धित सरकारको अब्यबहारिक नीति, अशक्तता, दु:ख बिमार आदि कारणले अभिभावक विदेशमा रहने वातावरण सहज बन्न सकेको पाईदैन। एकातिर सन्तान विदेशिनुको पिंडा त छदैछ, त्यसमाथि पनि आफ्नो जायजेथा समेत अभिभावक विहीन हुन पुगेको हुन्छ, जग्गाको आमोद कमोद गर्न एक त थकित शरीरले सक्दैन, दोश्रो जग्गा कमाउने मानिस पनि पाईदैन,त्यसै गरी सरकार संग यस्ता विषयमा कुनै प्रभावकारी नीति छैन, बरू जग्गा बाॅंझो राखेमा जग्गा कब्जा गर्ने, जरिवाना गर्ने धम्की दिन्छ सरकार! देशमा यस्तो अबस्था आउनुमा सरकार दोषी छैन? संरक्षक र विदेशिएका सन्तानहरूको थाप्लोमा दोष लगाएर सरकार उम्किन पाउछ? यी र यस्तै अनुत्तरित प्रश्न बोकेर सन्तान विदेशिएका अभिभावक बस्न बाध्य हुनु परेको छ।
नेपालमा फर्कने वातावरण वनाएर विदेशमा कमाएको ज्ञान सीपलाई देश विकासमा लगाउनुको सट्टा वर्तमान कोभिड-१९ को संकटबाट फर्कने नागरिकहरूलाई समेत बिभिन्न बहानामा दुरूत्साहन गर्ने काम गर्न सरकार उद्दत भएको पाईन्छ। सरकारले आफ्ना प्रतिनिधि बनाएर बिभिन्न देशमा राजदूत पठाउने गर्छ, यिनीहरूलाई आफ्नो देशका बिभिन्न पक्षहरूका बिषयमा त्यो देश संग सहयोग लिने, समस्या आदान प्रदान गर्ने, ब्यापार ब्यवसाय बढाउने, कला, संस्कृति पर्यटन आदि सम्बर्द्धन गर्नुका अतिरिक्त आफ्नो देशबाट आएको जनशक्तिलाई अनुगमन गर्ने , स्वदेशमा सदुपयोग गर्ने विषयमा काम गर्नु पर्ने हो तर सरकारले आफ्नो प्रतिनिधिका रूपमा पठाउने राजदूतलाई आफू र आफ्नो पार्टीको ब्यबसाय बनाएको पाईन्छ।
यसरी सरकारको निकम्मापनका कारण नेपालको जनशक्ति पलायनको अवस्थामा पुगेको, बृद्ध बृद्धाको दुरावस्थाभएको,कृषि योग्य जमीनको सदुपयोग हुन नसकेको स्थितिमा मुलुक पुगेको छ। नेपालको समृद्धी र विकासका लागि आवश्यक पर्ने साधन श्रोतहरू मा विदेशिएको ( पलायन भएको) जनशक्ति र तिनीहरूको अभावमा नेपालमा खेर गएको साधन र श्रोतको सदुपयोग गर्न सकियो भने वादेशिक सहयोग भन्दा यो सहयोग दीगो र मितव्ययी हुन सक्छ। यसैले देशको दिमागी शक्ति (Brain drain)लाई रोक्न सकेमा देशको विकासमा महत्वपूर्ण भूमिका यिनीहरूको हुन्छ।