प्रचण्ड, शेरबहादुर,माधवकुमार,डा. बाबुराम र नारायणकाजीकाे एउटै स्बर-“अध्यादेश तुरून्त फिर्ता लेउ”

khabarwave
३० मंसिर २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताएका छन् । यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको देउवाले बताएका छन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ ।’

सरकारले परिषद् अध्यक्ष (प्रधानमन्त्र) सहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।काठमाडौं । कार्यकारी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीलाई अध्यादेश तत्काल फिर्ता लिन भनेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम अत्यन्तै गलत भएको नेता नेपालले बताएका छन ।

पूर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सामाजिक संजालमा भनेका छन –  “त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ!”

त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

Loading spinner