प्रचण्ड–माधव पक्ष भन्छ- बाटो बिराएका नेता कार्यकर्ताहरु मुल राजनीतिक पार्टीमा आउ

khabarwave
१२ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकाे बुधबार बसेको अनौपचारिक स्थायी समितिको बैठकले भ्रममा परेर बाटो बिराएका नेता कार्यकर्ताहरुलाई मुल राजनीतिक पार्टीमा आउन आग्रह समेत गरेको छ ।प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक फैसला’ भनेको बैठकले सर्वोच्चले  प्रतिनिधिसभालाई पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर गरेको छ ।

त्यस्तै बैठकमा नेताहरूले पार्टी एकतालाई प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने ओलीले आत्मालोचनासहितको प्रस्तुति नभईकन ओलीसँग गरिने एकताको अर्थ नहुने धारणा राखेका थिए ।

Loading spinner