पेन्सन खाता नवीकरण गर्ने समय थपियाे
काठमाण्डाै । कोभिड १९ को कारण सरकारले पेन्सनधारीहरुका लागि पेन्सन खाता नवीकरण गर्ने समय थप गरेको छ । महालेखा नियन्त्रक कार्यलयले पेन्सनधारीहरुका लागि पेन्सन खाता आगामी मंसिर महिनासम्म नवीकरण गर्नु नपर्ने बनाएको हाे । पेन्सन पाउनेहरुले हरेक ६ महिनामा आफ्नो पेन्सन खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।
महालेखा नियन्त्रकको कार्यालयले खाता नवीकरण नभएका पेन्सन बाहकलाई पनि नियमित रकम जम्मा गरिदिन सम्पूर्ण बैंकलाई आग्रह गरेको छ । अहिले झण्डै २ लाख ८४ हजारले राज्यबाट पेन्सन सुविधा लिँदै आएका छन् ।