पूर्वमन्त्री नवीन्द्रराजले चिकित्सकले बोलाउँदा हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थाले

khabarwave
१५ फाल्गुन २०७७

काठमाण्डाै ।  नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा शुक्रबारको तुलनामा सामान्य सुधार आएको नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले  जानकारी दिएका छन । जोशीले शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलि अलि चलाउन थालेका छन्।

डा.  झाका अनुसार शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ ।उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

Loading spinner