
पूर्व प्रमुखसचिव खनालको ८८ वर्षको उमेरमा निधन
काठमाडौँ । मधुमेह र दमको बिरामी रहेका तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।
कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले कानुन सम्बन्धि केही पाठ्यपुस्तक लेखेका छन् ।तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।