
पुस्तक कर हटयाे, पैंचो नदिएपछि किन्ने निर्णय
काठमाडौं ।मन्त्रिपरिषदकाे बैठकले पुस्तक आयातमा लगाइएको कर हटाएको छ भने मन्त्रीहरुको चैतसम्म पाउने पाउने सुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएकाे छ।गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।यसैगरी सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
यसअघि बंगलादेशबाट मल पैंचो ल्याउने भनिएको थियो । प्रधानमन्त्रीस्तरमा कुराकानी पनि भएको थियो । तर बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि जीटूजीमार्फत खरिदको निर्णय भएको हो । नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको छ ।