
पीसीआर परीक्षण १२ लाख ६० हजार नाघ्याे,सक्रिय संक्रमितकाे संख्या ३८ हजार ७३७
काठमाण्डाै । शनिबार देशभर ३ हजार १सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार
आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर भएको छ ।परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।संक्रमितहरूमध्ये संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।