पार्टी खाताबाट ३० लाख झिकेर हिनामिना गरेको भन्दै डा.भीम कारबाहीमा, प्रदेश संयोजकमा लेखराज ताेकिए

khabarwave
२३ पुष २०७७

काठमाण्डाै । पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै नेकपाका सुदुरपश्चिम प्रदेश कमिटीका प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही गर्न सिफारिश  गरिएकाे छ । रावल  प्रचण्ड-माधब समुहका नेता हुन । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्।

प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत उक्त जानकारी दिएका हुन । उनका अनुसार  प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ। सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ।

‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको ,’  थापाले उल्लेख गरेका छन्।

 

 

Loading spinner