
पाण्डे भए कांग्रेसका सांसद
काठमाण्डाै। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ।यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो।समानुपातिकतर्फ खस आर्य कलस्टरमा कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पाण्डेको नाम केसीभन्दा पछि थियो।
स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ।सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन्।