पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध , कपिलवस्तुमा गाडीसहित २ बेपत्ता, १ काे शब फेला

khabarwave
८ आश्विन २०७७

काठमाण्डाै ।   अबिरल  बर्षाका कारण चितबनकाे नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो। बुधबार राति पुनः राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको बताइएकाे छ ।सोहि स्थानमा बुधबार दिउँसो  पहिरो खसेको र पन्छाएपछि साँझ देखि सडक सञ्चालन गरिएको थियो।

यसैबीच निरन्तरको वर्षाका कारण कपिलवस्तुको वाणगंगा नगरपालिकावडा-७ मोतीपुर भलवाड सडकखण्डमा रहेको कजवेमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको गाडी र गाडीमा सवार ६ जनालाई बगाएको छ।प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरको गाडीलाई बाढीले बगाउँदा गाडीमा सवार ६ जनामध्ये १ जनाको ज्यान गएको छ । गाडीमा सवार २ जना बेपत्ता छन्। ३ जनाले गाडीबाट हाम फाल्दै पौडिएर ज्यान जोगिएका थिए ।

गाडी चालक गुल्मी तम्घास घर भएर नेपाल विद्युत प्राधिकरणमा सवारी चालकको रुपमा काम गर्दै आएका ३५ वर्षीय माधवप्रसाद पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

बेपत्ता अन्य २ जना र गाडीको खोजी भइरहेको छ।

 

Loading spinner