पर्यटन पुर्नउत्थानका आधारहरु
कोरोनाभाइरस महामारीका कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी भएको छ।
संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ।कोरोनाभाइरस नियन्त्रण गर्न नेपालको सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि पर्यटन ठप्प थियाे ।सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोनाभाइरस सङ्क्रमणका कारण क्षति बेहोर्नुपरेको थियो।
लकडाउनमा वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल थिए ।लकडाउन खुलेसँगै ति क्षेत्र न्यूनमात्रमा संचालनमा छन तर पूर्ण संचालनमा नआएसम्म याे क्षेत्र क्रियाशिल हुने छैन ।विश्वभर करिब नौदेखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने सङ्गठनको भनाइ छ। विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्ने अनुमान गरिएकाे छ तर अझ बढने देखिन्छ।
नेपालमा पर्यटनसँग धेरै क्षेत्र जोडिएको छ। विमानसेवा, होटल तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएका छन् ।नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित रहेकाे अनुमान छ । पर्यटकलाई घुमाएर प्राप्त हुने सेवाशुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन्।नेपालमा करिब पाँच हजार लाइसेन्स लिएका गाइडहरू कार्यरत थिए। उनीहरूमध्ये अधिकांश स्वतन्त्ररूपमा आफैँ कमाइ गर्थे।
फ्रिलान्सर गाइडहरू अहिले सबभन्दा धेरै मर्कामा परेका छन्। पहिलेको बचत चलाएर गुजारा गरिरहेका छन्। यिनको न कुनै बीमा छ न कसैले यिनलाई राहत दिएको छ। रेष्टुराँ तथा होटलहरूको कथा उस्तै छ।होटल सङ्घ नेपालमा देशमा पर्यटक स्तरका सानादेखि तारेसम्म गरि ३,५सय होटल आबद्ध छन्। तिनले प्रत्यक्ष एक लाख अनि समग्र आतिथ्य क्षेत्रमा ४ लाखलाई रोजगारी दिएको बताइन्छ। अहिले लकडाउन खुलेपिछआंशिकमात्र काममा छन। धेरैकाे राेजगारी गुमेकाे र कतिपयलाइ बिनाकाम पनि सेवाप्रदायकहरूले तलब दिएर टिकाइरहेका छन ।
सन् २०१९ को तथ्यांक हेर्ने हो भने विश्वमा १ अर्ब ४० करोड पर्यटकले यात्रा गरेको थिए ।झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए। जसले गर्दा हवाई कम्पनीहरु, यातायातका अन्य क्षेत्रहरु, पर्यटनले गर्ने खरिदमा, होटल क्षेत्रमा ठूलो व्यापार भएको थियो ।
हामीले सन् २०२० मा २० लाख पर्यटक ल्याउने , ३ करोड होटलका बेड बिक्री गर्ने अपेक्षा गरेका थियौं । साथै पर्यटकको नेपाल बसाइ औसत प्रति पर्यटक १५ दिन बनाउने योजना बनाएका थियौं । अब सन २०२० समाप्त हुन २ महिना रहेकाे, नेपाललगायत बिश्व काेराेना कहरकाे अझ चपेटामा रहिरहेका कारण त्याे अपेक्षा र याेजना सफल हुने छाँटकाट देखिदैन ।
कोरोनालाई अब महामारीका रुपमा भन्दा पनि अवसरका रुपमा सदुपयोग गर्नु जरुरी छ ।कोरोनाभाइरस सन्त्रासले नेपाल आउने पर्यटक घटेपछि आन्तरिक पर्यटनकाे प्रबर्धन का कार्यक्रम ल्याउनुपर्छ ।महामारीको अन्त्यबारे अनिश्चय रहेको सन्दर्भमा साेहि किसिमका कार्यक्रम ल्याउन जरूरी छ ।यतिबेला विमानस्थल, होटल, यातायातमा हामीले कति दूरी व्यवस्थापन गर्ने हो भनेर विश्वलाई जानकारी गराउनु पर्छ । यसका लागि संयन्त्र आवश्यक छ ।महामारी सकिएपछि नेपालमा किन आउने भन्ने कुरा प्रचार गरिनु जरुरी छ । त्यसका लागि नेपाल जुडिबुटीको देश भएको र हावापानी पनि राम्रो भएकाले यसमा बढी फोकस गर्नुपर्छ । कोरोना विरुद्ध लड्नका लागि शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ नेपालमा पाइन्छ भनेर प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटन बोर्डले पनि विदेशीसँग समन्वय गर्ने, योगाा, मेडिटेसनका प्रचारमा पनि ध्यान दिनुपर्छ ।
आन्तरिक पर्यटनमा नजर यसको पुनर्उत्थानको समयतालिका पनि फरक हुनसक्छ। धराशायी पर्यटनलाई उठाउने क्रममा सबभन्दा पहिले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।महामारीको अन्त्यबारे अनिश्चय रहेको सन्दर्भमा देशअनुसार यसको पुनर्उत्थानको समयतालिका पनि फरक हुनसक्छ।धराशायी पर्यटनलाई उठाउने क्रममा सबभन्दा पहिले आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ।
अबकाे रणनीति
पहिलो त आन्तरिक पर्यटन बढाउन देशदर्शन जस्ता यात्रा प्याकेज व्यवसायीहरूले बनाउनुपर्छ।त्यसपछि दोस्रो चरणमा भारत र चीनजस्ता छिमेकी देशका पर्यटक भित्र्याउनुपर्छ भने अन्तिम चरणमा टाढाबाट आउने पर्यटकहरूलाई स्वागत गर्नुपर्छ।अघिल्ला वर्षमा १३ लाख नेपाली पर्यटनका लागि विदेश गएका थिए। हामीले तिनलाई समेत गरी घुमघाममा खर्च गर्न सक्ने करिब २५ लाख नेपालीलाई देशभित्रै घुम्ने वातावरण बनाउन सक्छौँ। यसले हाम्रा पर्यटनका सबै विधा नभएपनि धेरैलाई भरथेग हुन्छ।
महामारीपछिको अवस्थामा मानिसहरू धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमा बढी आकर्षित हुने अबस्था छ।यतिबेला विमानस्थल, होटल, यातायातमा हामीले कति दूरी व्यवस्थापन गर्ने हो भनेर विश्वलाई जानकारी गराउनु पर्छ । यसका लागि संयन्त्र आवश्यक छ ।महामारी सकिएपछि नेपालमा किन आउने भन्ने कुरा प्रचार गरिनु जरुरी छ । त्यसका लागि नेपाल जुडिबुटीको देश भएको र हावापानी पनि राम्रो भएकाले यसमा बढी फोकस गर्नुपर्छ । कोरोना विरुद्ध लड्नका लागि शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ नेपालमा पाइन्छ भनेर प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटन बोर्डले पनि विदेशीसँग समन्वय गर्ने, योगाा, मेडिटेसनका प्रचारमा पनि ध्यान दिनुपर्छ ।
२०२० लाई पर्यटन जोगाउने वर्षको रूपमा लिन सकिने अबस्था कम छ किनभने हामी अहिले नाेभेम्बरमा आइपुगेका छाै । अनि २०२१ मापर्यटन जोगाउने वर्षको रूपमा लिदै पुनर्उत्थान गरेर २०१९ को हाराहारीमा पुर्याउन सकियो भने सन् २०२२ देखि नेपालले पुन यस क्षेत्रले वृद्धिको मार्ग समाउन सक्छ कि भनेर अनुमान गर्न सकिन्छ।