नेकपा बिवादकाे असर न्याय परिषदमा समेत देखियाे,ओली पक्षका उम्मेदवार पराजित

khabarwave
२२ कार्तिक २०७७

काठमाडौं । न्याय परिषदकाे सदस्य बन्ने भएका छन । श्रेष्ठलाइ नेपाल बार एशोसिएसनले न्याय परिषदमा सिफारिस गर्न मतदानबाटै टुंगो लगाएको छ । शनिबार बार कमिटीले बहुमतको निर्णयका आधारमा  श्रेष्ठको नाम सिफारिस गरेको छ ।श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाएका छन् ।

न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो ।कानून व्यवसायीहरुको छाता संगठन बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बर्चश्व छ ।

ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड-नेपाल समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो । शनिबार बारमा भएको मतदानमा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।

 

 

Loading spinner