नेपाललाई सम्झँदा…..
जन्म दिने आमा र जन्मेको देश एउटै हो भनेर पढियो। जननी जन्म भूमिश्च: स्वर्गादऽपि गरीयसी भनेर त्यसै भनिएको हैन।जसरी आमाले १० महिना कोखमा राखी १० धारा दुध ख्वाएर हुर्काईन् त्यसरी नै मलाई परिपक्व र असल नागरिक बनाउन मेरो देशको भूमिका रह्यो।जसरी म मेरी आमा प्रति नतमस्तक हुन पुग्छु त्यसरी नै मेरो देश प्रति। मेरो देशको हर दु:खाई मेरो दर्द बन्दछ र मेरो देशको हर अभाब मेरो अभाव बन्दछ।
मेरो देशको मुहार नै मेरो मुहार हो, उनको उज्यालो चेहरामा म पुकलित हुन्छु।त्यसैले मलाई मेरो देशको चिन्ता छ। तर मेरो देशमा राजनीतिलाई माध्यम बनाएर सेवा गर्छु भन्नेहरूका कारण मेरो देशले दु:ख पाएको छ। देश र देशवासीको चिन्तामा लाग्नु पर्ने नेता भनाउदाहरू आफ्नो ब्यक्तिगत स्वार्थमा लाग्नाले मेरो देशलाई दुखेको छ।राजनीतिलाई सेवाको सट्टा व्यवसाय बनाएका कारण देशले दु:ख पाएको छ।
मेरो देशका साधन र श्रोत तथा विकासका पूर्वाधारहरूको सदुपयोग गरी देशको विकास गर्नु पर्नेमा यस्ता पूर्वाधारहरू र श्रोतहरू छिमेकीलाई सुम्पेर छिमेकीको आशिर्वादमा सत्ता चलाउनेहरूले मेरो देश भताभुंग र लथालिंग पारेका छन्। म र म जस्ता यूवाहरूलाई बेरोजगार बनाएर बिदेशिन बाध्य बनाईएको छ। २००७ साल देखिको अपूरो ईच्छालाई ६५ वर्ष पछि पूरा गरेका नेपाली जनताको ईच्छामा एउटी नक्कली आमा जसलाई कहिल्यै गर्भवती र सुत्केरी हुनु परेन त्यस्ती आमालाई बच्चाको जिम्मा लगाए सुकुनीहरूले तर बच्चा जन्मेको ३ वर्ष पुग्दा नपुग्दै नक्कली आमाको कोप बिभाजनमा पर्यो शिशु।
अहिले त्यही शिशुलाई बचाउन सकिन्छ कि भनेर केही लागी परेका छन् भने केही त्यसकै किरीया कर्म गर्न ब्यस्त छन्। यसो हुनुको पछाडि कारण छ, त्यो के भने संसदीय ब्यबस्था नचाहने र संसदीय ब्यबस्थाका पक्षपाती दुई दल बीचको लडाई हो यो। यो संविधान यसरी बन्यो कि संसदीय ब्यबस्थाको बिकल्प खोज्न यो संबिधानले नदिने तर संसदीय ब्यबस्थाळाई खसीको टाउको र कुकुरको मासु संग तुलना गर्ने दललाई झण्डै दुई तिहाई मत दिए मतदाताले।
यसरी बामपन्थी दलको बहुमत पाएको सरकार संसदीय तवरबाट चल्न चाहेन र यो ब्यबस्थाको बिकल्प यो संबिधानबाट नपाईने भएबाट संसद भंग गरे बाम घटकका सॅसदीय दलका नेता जो प्रमं थिए। नेपालले दु:ख पाउनुको कारण नेपालका राजनीतिक ब्यबस्थाहरू भन्दा यी ब्यबस्था चलाउने कथित नेताहरूका कारणले हो।
हुन त नेपालमा राजनीति गर्ने नेता संग दूर दृष्टि भएको पाईदैन तर पनि राजनीतिक ब्यबस्थाको गन्तब्य संग नेता भनाउदाको दृष्टि म्याच गर्न नसकेको कारण नेपालको विकास हुन नसकेको हो। त्यसै गरी देश बुझेका र देशको विकासका अबधारणालाई ब्यबहारमा ल्याउने किसिमका नेताहरू विगतमा नदेखिएका पनि हैनन् तर तिनीहरूको कार्यकालको सीमितताले तिनीहरूले पूरा काम गर्न पाएनन्।
फेरि नेपाल बुझेका र केही गर्न सक्ने यूवाहरू विदेशिन बाध्य हुनाले पनि नेपालमा राजनेताको अभाव खड्केको पाईन्छ। नेपालमा निजी क्षेत्रलाई कृयाशील तुल्याएर देशको साधन र श्रोतको सदुपयोग गरी उद्योग धन्दा सन्चालन गर्ने र वैदेशिक लगानीलाई उदार बनाएर भित्र्याउन सक्ने हो भने नेपाल मै रोजगारीको क्षेत्र खुलाउन सकिन्छ। यस किसिमको परिस्थिति त्यस बेला मात्र सहज हुन्छ जब राजनीतिक ब्यबस्था र सरकार स्थीर हुन्छ।
नेपालमा यही स्थीरताका नाममा पटक पटक आन्दोलन र संघर्ष भए, ब्यबस्थाहरू फेरिए तर नेताको नियत फेरिएन जसका कारण नेपालको आर्थिक स्थितिले सकारात्मक बाटो लिन सकेन। यसरी स्पष्ट देखिन्छ कि नेपालको विकास हुन नसकेको साधन, श्रोत र पूजीको अभावका कारण नभएर सत्ता वा सरकार संचालन गर्ने नेता र उदारता प्रदर्शन गर्न नसक्ने राजनीतिक दलका कारणले हो।