नेपालमा बाख्रापालन अपार सम्भावना

khabarwave
५ भाद्र २०७७

महेश आचार्य
कोरोना महामारीका कारण सिर्जित बढ्दो बेरोजगारीको समस्या हल गर्न र ओरालो लाग्दो देशको अर्थतन्त्रलाई माथि उकस्नको निम्ति नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहन्छ । नेपालमा करिब ६४ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् र यहाँको २८ प्रतिशत भूभागमा कृषि गरिन्छ । तर बिडम्बनाको कुरा बहुसंख्यक जनता कृषिमा आवद्ध भए पनि देशमा ९ खाद्य तथा मासुजन्य पदार्थको आयात भने विगतमा भन्दा १३ प्रतिशतले बढेको छ । कृषि नीति २०१५ को तथ्याङ्कअनुसार कृषिक्षेत्र भित्र पनि करिब ६६ प्रतिशत जनता पशुपालनमा आवद्ध छन् र पशुपालन क्षेत्रभित्र पनि ५५ प्रतिशत जनता बाख्रापालन गर्छन् ।

नेपालमा पाल्तु जनावर हरु मध्ये सबैभन्दा बढी रुचाइएको जन्तु बाख्रा हो , खासगरी मासु उत्पादनको लागी बाख्रापालन गरिन्छ खसीको मासुको स्वाद नेपाली जिब्रोले एकदमै मन पराएको छ । पौष्टिक तत्वको हिसाबले पनि खसीको मासु राम्रो मानिन्छ । नेपालमा मात्र नभएर विश्वका करिब ७० प्रतिशत मानिसले खसिको मासु रुचाउँछन् । बाख्रा पालन नेपाली किसानमा निर्वाहमुखी रूपमा भए पनि लोकप्रिय हुँदै आएको छ । बेलाबखतमा नगद आम्दानी हुने र आफ्नो गर्जो टर्ने भएको हुनाले पनि बाख्रापालनलाई नेपाली किसानले निर्वाहमुखी पेशाको रुपमा लिँदै आएका छन् । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा बाख्राको लागि उपयुक्त घाँस र प्रशस्त चरन क्षेत्र भएतापनि व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरूको संख्या एकदमै न्यून छ यद्यपि विगत पाँच वर्षयता बाख्रापालन गर्ने किसानको संख्या बढ्दै आएको छ फलस्वरूप स्वदेशमा माग हुने खसीबोका मध्ये १५५ खसीबोका नेपालकै व्यावसायिक किसानहरुबाट उत्पादन हुन्छ । नेपालको कुल मासु उत्पादनको करिब २० प्रतिशत खसिको मासुले परिपुर्ति गर्दै आएको छ । नेपालमा बर्सेनि करिब २ सय ४८ हजार मेट्रिक टन मासु उत्पादन हुन्छ जसमध्ये ४९।५ मेट्रिकटन देशभित्र उत्पादित खसिको मासुले परिपूर्ति गर्दै आएको छ ।

स्वदेशी उत्पादन बजार माग भन्दा धेरै कम भएकोले करिब ४ लाखदेखि ५ लाख खसीबाख्रा बर्सेनि भारतबाट आयात गरिन्छ , त्यस्तै अन्य तेस्रो मुलुकबाट पनि फ्रोजन मासु तथा तयार मासु आयात गरिन्छ तथापि नेपालमा मासुको माग र आपूर्ति बिचको सन्तुलन कायम हुन सकेको छैन । नेपालको बाख्रापालन परम्परागत र निर्वाहमुखी छ। बाख्रापालन र यसको सम्भावना सम्बन्धी यथेष्ट ज्ञान नहुनु , सरकारी निकायको तर्फबाट प्रोत्साहनमुलक प्रभावकारी कार्यक्रम ग्रामीण क्षेत्रका किसान माझ नलगिनु,उत्पादकत्व निकै कम हुनु जस्ता कारणले गर्दापनि व्यावसायिक बाख्रापालनमा किसानहरु त्यति आकर्षित हुन सकेका छैनन् र व्यवसाय सुरु गरेका किसानले पनि बाख्रापालन ब्यबसाय छाडेको समाचारहरु नसुनिएको हैन ।

उन्नत जातको ब्याड बोकाको कमीले गर्दा हाडनाता मै प्रजनन हुनु जसको कारणले गर्दा नस्ल सुधार हुन नपाउनु , स्थानीय खरी जातको बाख्राको औसत तौल न्यून ९२५.३० केजि, वयस्क अवस्थामा हुनु, अज्ञान र अल्पज्ञानको कारणले पोषणयुक्त घाँस र दानाको कमि हुनु, विभिन्न रोगबारे ज्ञान नहुनु जसको कारणले बाख्रा तथा पाठापाठी को उच्च मृत्युदर हुनु जस्ता कारणहरुले गर्दा उत्पादकत्वमा ह्रास आएको छ । एक सरकारी तथ्यांकअनुसार नेपालमा बाख्रा तथा पाठापाठी को मृत्युदर १० प्रतिशत भन्दा बढी रहेको छ देशको ग्रामीण भुभागको निजि क्षेत्रमा दक्ष कृषि तथा भेटनरी प्राविधिक पुगेका छैनन, कतिपय ठाउँमा सरकारी प्राबिधिक छन् तर निजि र सरकारी प्राविधिक बिच तालमेल को कमि छ जसको कारणले गर्दा रोग लाग्दा सहि उपचार नपाई बाख्रा मरिरहेका छन्, अनुमानको भरमा औषधि चलाउने अवस्था छ । यस्ता विविध कारणले गर्दा नेपालमा व्यावसायिक बाख्रापालन फस्टाउन नसक्नुको कारण आर्थिक मात्र नभई प्राविधिक पनि भएको कुरालाई नकार्न सकिँदैन ।

कस्ताे छ सम्भावना ?

कोरोना माहामारीको कारण विदेशिएका युवाहरु स्वदेश फर्कने क्रम बढिरहेको छ ,साथै देशमा बेरोजगारीको समस्या चरम उचाइमा पुगिरहेको छ ।यद्यपि स्वदेश फर्किएको युवा जोश र युवा शक्तिलाई सरकारले विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गरि कृषिमा आकर्षित गर्ने हो भने कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायिकरण गरी देशको समग्र अर्थतन्त्रमा आकशि छलाङ मार्न सकिने कुरा निश्चित छ । थोरै लगानीबाट पनि सुरु गर्न सकिने बाख्रा पालन व्यवसायमा युवाहरुका आकर्षण बढाउन सरकारले उन्नत जातको बाख्राहरु वितरण गरी स्थानीय जातको बाख्राको नश्ल सुधारमा जोड दिनुपर्छ कृषि क्षेत्रमा लगानी र अनुदानको वृद्धि गर्नुपर्छ बाखा पालन सम्बन्धि तालीम कार्यक्रमहरु अगाडि बढाउनुपर्छ । केही वर्षअगाडि नेपालमा भित्रिएको अष्ट्रेलियन बोएर बाख्रा र साउथ अफ्रिकन बोएर जातको बाख्रा सरकारले केही कार्यक्रमहरु मार्फत वितरण गर्दै आएको छ । तथापि बाख्रा पालन व्यवसायलाई अझै चाहतित रुपमा फस्टाउन र उत्पादकत्वमा वृद्धि ल्याउन बोयर लगायत अन्य उन्नत जातको बाख्रा बितरण कार्यक्रमलाई सरकारी बिभिन्न निकायबाट तीव्रता दिनुपर्छ ।बोएर बोकाको तौल दुई वर्षमा लगभग १३० केजी हुन्छ । यसलाई स्थानीय खरी जातको बाख्रा संग प्रजनन गराउने हो भने २५५, ३७५,५०५ , ७५५ बोएर पाठापाठी उत्पादन गर्न सकिन्छ । २५ प्रतिशत वयस्क बोएर बोकाको तौल पनि ५५.६० के जी हुन्छ । यसकारण नस्ल सुधारिएको स्थानीय बाख्रा पाल्ने हो भने पनि राम्रो उत्पादन लिन सकिन्छ ।

बोयर जातको बाख्रा पालन गर्दा यथेष्ट ज्ञान सीपको आवश्यकता पर्दछ, बाख्राको अपेक्षित वृद्धिको लागि सन्तुलित आहार मुख्य मानिन्छ । त्यसकारण विभिन्न घाँसको प्रजातिको अनुसन्धान र विकास गरि किसानमाझ पुर्याउनु आवश्यक छ । बकाइनो किम्बु इपिल,भटमासे आदि वहुवर्षिय प्रोटिनयुक्त घाँस हरु हुन ।बकाइनो मा २४५ क्रुड प्रोटिन हुन्छ ।पोषण युक्त डाले तथा भूइ घाँसहरु बारीमा लगाएर बख्रा पालन गर्दा अपेक्षित उत्पादन लिन सकिन्छ । छनोट प्रजनन बिधि अपनाउने, रोगबाट बचाउने, अनुसन्धान बाट सल्लाह दिइएका प्रबिधिहरु अपनाइ उचित खोरको ब्यवस्थापन गर्ने र बिमा गरि बाख्रापालन गर्ने हो भने उत्पादकत्व मा वृद्धि गर्न सकिन्छ। यसरी बाख्रापालन लाई व्यावसायीकरण गरि हजारौ युवाहरूको आम्दानीको स्रोत बनाउन सकिन्छ, जसबाट बेरोजगारी न्यूनीकरणमा मद्दत मिल्नेछ र देशको अर्थतन्त्रलाई माथि उकास्न सकिनेछ ।

Loading spinner