
नेपालमा कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता
काठमाण्डाै । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएसगै कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने निश्चित भएको छ।यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ।रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरिएकाे बताइएकाे छ ।
रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ।यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको र यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने बताइएकाे छ।