नेपालगन्ज र बीपी प्रतिष्ठानमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु
काठमाण्डाै । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा दुई जना उपचाररत जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतकमा कोहलपुर नगरपालिका वडा नंं १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।स्वास्थ्य कार्यालयकानुसार एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको हाे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको बिहान ३ बजे मृत्यु भएको हाे।प्रतिष्ठानका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।