
नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने र बालुवाटारमा संसदीय दलको बैठकमा सहभागिता जनाउने निर्णय
काठमाडौं । नेकपा एमाले पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने बताइएकाे छ ।
नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धतिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिने उक्त समुहले निर्णय गरेकाे छ ।नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ ।