नेकपामा संकट उस्तै, अर्को बैठक मंसिर ३ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सकिएको हो । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।अर्को बैठक मंसिर ३ गते १ बजे बस्ने समेत बताइएकाे छ ।
अध्यक्ष प्रचण्डले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र, प्रचण्डले ओलीलाई लेख्नुभएको पत्रको जवाफ र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बैठकमा बाँडिएको थियाे।बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ ।