नेकपामा अध्यक्ष बिनै बैठक बस्न थालियाे परम्परा, भए महत्वपुर्ण निर्णय

khabarwave
१७ मंसिर २०७७

काठमाडौैं । पार्टीमा अल्पमतमा परेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली  बुधबारकाे पूर्वनिर्धारित सचिवालय बैठकमै सहभागी भएनन् ।
बुधबारको बैठकमा आफू उपस्थित नहुने मंगलबारै संकेत गरेका ओलीले बुधबार बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सहभागी हुने बताएका थिए ।  तर पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक ओली सहभागी हुने भनेपछि १ घण्टा पछि सारिएको थियो । सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि बाँकी ८ जना सदस्य सहभागी बैठकले  ३ वटा निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन  ।

ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।

ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ ।

Loading spinner