नेकपाको संकट झन गहिरिदै,बुधबारकाे सचिवालय बैठकमा प्रधानमन्त्री सहभागि नहुने

khabarwave
१७ मंसिर २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  मंगलबबारकाे सचिवालय बैठक तिक्ततापूर्ण रुपमा सकिएपछि नेकपाकाे बिवाद चरमरूपमा पुगेकाे बुझ्न सकिन्छ । बुधबार सचिवालय बैठक बोलाइएको  बताइएकाे छ तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागि नहुने संकेत गरेका छन । उनले मंगलबबारकाे सचिवालय बैठकमा नआउने संकेत गरेका हुन । स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेका थिए । तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताएपछि बुधबार सचिवालय बैठक बस्ने बताइएकाे हाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि मंगलबबारकाे सचिवालय बैठक तिक्ततापूर्ण बनेको थियो ।बैठकमा ओलीले मुलत प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने,  अल्पमत र बहुमतको कुरा  गर्न नहुने ,बुधबार बोलाइएको बैठकमा नआउने अडान लिएका थिए । तर कार्यकारी अध्यक्ष प्रचण्डले  बुधबार १ बजे बैठक बस्ने बताएका थिए ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै ‘ बुधबारकाे  बैठकमा कार्य व्यस्तताका कारण प्रधानमन्त्री नजाने सार्बजनिक गरिसकेका छन ।

Loading spinner