नेकपाकाे शक्तिशाली पद महासचिबमा काे ?

khabarwave
६ कार्तिक २०७७

काठमाडौं।  पार्टी महासचिव रहेका विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी लिएपछि प्रधानमन्त्री नेकपाकाे शक्तिशाली पद महासचिब काे बन्ने भन्ने खेल शुरू भएकाे छ । ओलीले आफू निकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई महासचिब बनाउने विषयमा निकट नेताहरुसँग छलफल गरेका छन्।

अर्काे गुट बरिष्ट नेता माधब नेपाल पक्ष अर्थ मन्त्रालयको जिम्मेवारी नपाएका र शहरी बिकाश मन्त्रालय दिदा नखाएका सुरेन्द्र पाँण्डेलाइ बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल-प्रचण्डलाइ फकाउदैछ । उता अध्यक्ष  दाहाल समुह भने पार्टी एकताका सुत्रधार जनार्दन शर्मालाइ बनाउने लबिङमा रहेकाे स्राेत बताउछ ।

 

Loading spinner