नेकपाकाे झगडा सामाजिक संजालमा रमिता,सरकारको नेतृत्व गर्न ओली अयोग्य भएकाे गगनकाे दाबी, डा.बाबुराम भन्छन- हटाउनैपर्छ

khabarwave
३ मंसिर २०७७

काठमाण्डाै । नेकपाभित्रकाे पछिल्लाे बिवाद अस्थायीरूपमा केहि दिनकालागि बिराम लागेपनि पार्टीभित्र र बाहिरका नेता तथा बिज्ञहरूले सामाजिक संजालमा टिकाटिप्पणी गर्न छाडेका छैनन् । पूर्बप्रधानमन्त्री लेख्छन-नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २.ओली सरकारको असफलता र भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।

नेकपाका नेता तथा पूर्ब मन्त्री गाेकुल बाँस्काेटाले ब्यंग्य गर्दैट्ववीट गरेका छन-ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन अबका दशदिन कथाकारहरुलाई सास्ती हुने भो।।

नेपाली कांग्रेसका नेता तथा पूर्ब मन्त्री गगन थापाले प्रम ओली,असक्षम,अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो, जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन भनेका छन ।

त्यस्तै नेकपाकी चर्चित नेतृ रामकुमारी झाक्रीले समाजिक संजालमा टिप्पणी गरेकी छिन- नेतृत्वको सम्पूर्ण रूपमा यो भन्दा असफल हुने ठाउ छैन।असफल नेतृत्वलाई विस्थापन गर्न पनि विधि मै जानुपर्छ।

Loading spinner