डा.बाबुराम भन्छन- ओलीले संघीय गणतन्त्रको नेतृत्व गर्ने शक्तिलाई फालेपछि देश बन्छ ?

khabarwave
८ मंसिर २०७७

काठमाण्डाै ।  पूर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराइले न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा ओलिको सती जान तयार छ भनि सामाजिक संजालमार्फत टिप्पणी गरेका छन ।

उनले सामाजिक संजालमा लेखेका छन –       हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै र ?समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता र विश्व इतिहाससिद्ध तथ्य भन्छ-निरन्तरतामा क्रमभंगता,अर्थात् आवधिक रचनात्मक ध्वंस हामीकहॉ चैं जनयुद्ध,मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ अनि देश बन्छ रइतिहास भन्छ-क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयॉ संरचना संस्थागत हुन्छन र देश बन्छ।हामीकहॉ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले १८महिनामा फालेपछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी र मधेसवादीलाई ९ महिनामा ओलीले फाले र हिरो बने अनि देश बन्छ र ।

Loading spinner