नेकपा दुई समूहकाे अलग-अलग बैठक , औपचारिक बिभाजनकाे घाेषणा हुँदै

khabarwave
७ पुष २०७७

काठमाडौं ।  कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले आज  बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका कारण नेकपा विभाजनका लागि औपचारिकता  हुने   अनुमान गरिएकाे छ  । कुल ४सय ४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी गर्दै आएको प्रचण्ड- माधव नेपाल समूहले दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । ओली पक्षले मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा भंग गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बालुवाटारमै राखेका थिए । अध्यक्ष ओली र उनी पक्षीय नेताहरु अनुपस्थित भएको त्यो बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री अनुशासनको कारबाही गर्ने प्रस्ताव अघि सार्दै पुस ७ गते दिउँसो १ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको हो ।

प्रचण्ड-  माधव पक्षले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संसद भवन परिसरमै बोलाएको भेलामा प्रतिनिधिसभामा रहेका नेकपाका बहुमत १७४ मध्ये ९० सांसद उपस्थित भए । राष्ट्रियसभाका ५० मध्ये २४ सांसद उपस्थित भएर संसद विघटनको विपक्षमा हस्ताक्षर गरेका छन् । निर्वाचनमा आयोगमा रहेको रेकर्डअनुसार नेकपाको केन्द्रीय समितिमा कुल  सदस्यहरुको संख्या ४४१ रहेको छ । पार्टी विभाजनले बैधानिकता पाउनका लागि यो संख्याको बहुमत अर्थात २२१ सदस्य देखाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण अनुसार केपी ओलीको पक्षमा १४० को हाराहारीमा केन्द्रीय सदस्यहरु मात्र छन् । यो संख्या भनेको करिब ३२ प्रतिशत मात्र हो । दल विभाजनका लागि केन्द्रीय कमिटीमा र संसदीय दल दुबै ठाउँमा ४० प्रतिशत कटाउनुपर्ने हुन्छ ।ओलीले पूर्वमाओवादी नेता बादलले साथ दिने अनुमान गरेका थिए । तर, बादल समूहको भेलाले ओलीको कदमलाई प्रतिगामी ठहर गरेपछि ओलीले बादल समूहका करिब डेढ दर्जन केन्द्रीय सदस्यहरुको साथ गुमाएका छन् ।

उता प्रचण्ड र माधव नेपाललाई काउन्टर दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार बिहान ९ बजे नै बालुवाटारमा आफूनिकट सांसदहरुको भेला गरेका छन  ।

दुबै पक्षको तयारी हेर्दा सत्तारुढ नेकपामा फुटले मंगलबार औपचारिक पाउने निश्चित जस्तै देखिन्छ ।अहिलेसम्मको अंकगणितलाई हेर्दा नेकपाको केन्द्रीय कमिटी र संसदीय दल दुबैमा अध्यक्ष ओली अल्पमतमा परिसकेका छन् । तर, उनले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले बैठक बोलाउने र निर्णय गर्ने अधिकार आफूलाई मात्र भएको तर्क गर्न थालेका छन् ।

 

 

 

Loading spinner