
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन पुनः स्थगित गरेको छ। निर्वाचन दोस्रो पटक स्थगन गर्ने निर्णय गरेको हो।
निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा कोरनाकाे कारण देखाउँदै अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको स्राेतले जानकारि दिएकाे छ । सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण देखाउँदै मङ्सिर २७ गतेलाई सारिएको थियो। अब निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनकाे बारेमा अन्याैल बढेकाे छ ।