निजामती अस्पतालकाे कार्यकारी निर्देशकमा ३ जना सिफारिश, डा. पाैडेल अग्रस्थानमा
काठमाण्डाै । निजामती कर्मचारी अस्पतालकाे कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिश गरिएकाे छ । सिफारिश गरिएका नाममा प्रा. डा. बिधाननिधि पाैडेल, प्रा.डा.दिनेशकुमार लम्साल र डा.प्रकाशराज न्याैपाने छन । बढुवा सिफारिश समितिले उनीहरूको नाम सिफारिश गरेकाे हाे ।
तीन जनामध्ये एकजनालाई मुख्य सचिव शंकर बैरागीकाे अध्यक्षतामा रहेकाे अस्पताल विकास समितिकाे बाेर्डले लेअस्पतालकाे कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। प्रा. डा. बिधाननिधिलाइ समितिको बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने अनुमान गरिएको छ ।