नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द,

khabarwave
२३ फाल्गुन २०७७

काठमाण्डाै । नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको बताइएकाे छ  ।
अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने छ ।सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने छ । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

 

Loading spinner