नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि सेवा बन्द

khabarwave
२० भाद्र २०७७

काठमाडौं ।नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने नगरपालिकाले जनाएको छ ।नगरपालिकाकाले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो ।

कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने छन ।टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिएका छन ।

नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ । अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पुर्याउने नगरपालिकाले जनाएको छ।

Loading spinner