धनगढीमा पनि ग्याँस विस्फोट,घाइतेहरूकाे काठमाडौँमा उपचार हुँदै

khabarwave
२९ आश्विन २०७७

काठमाडौं  । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको घटना सार्बजनिक भए लगत्तै कैलालीमा ग्यास लिक हुदा विस्फोटमा परी ३ जना घाइते भएकाे सार्बजनिक भएकाे छ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका हरिलाल विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए ।

शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ ।  घाइतेहरूलाइ  हेलिकप्टरमार्फत  काठमाडौँ लगिएको र उपचार भइरहेको छ ।

 

Loading spinner