देशभर १२सय ४६ जना कोरोनाभाइरस संक्रमित थपिए

khabarwave
१ आश्विन २०७७

काठमाडौं ।बिहीबार उपत्यकामा ६सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा उपत्यकासहित देशभर १२सय ४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने   १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार जानकारी दिएका छन । । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ ।

Loading spinner