दशैंकाे पूर्बसन्ध्यामा यातायात व्यवसायीले सरकारसँग राखे नयाँ माग

khabarwave
१२ आश्विन २०७७

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो ।यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका हुन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलेअध्यक्ष योगेन्द्रमान कर्माचार्यले हस्ताक्षर गरेको पत्रमा कोभिड महामारीले थलिएको सार्वजनिक यातायात क्षेत्रलाई थप पीडित बनाउने निर्णयहरु खारेज गर्न माग गर्दै व्यवसायीले यातायातधनी र यात्रुलाई अन्याय हुने गरी आधा सिट मात्रै यात्रु राख्ने र ५० प्रतिशत बढी भाडा लिने निर्णय गरिएको भन्दै तुरुन्तै साविककै व्यवस्था लागू गर्न माग गरेका छन् ।

आधा सिटमा ५० प्रतिशत मात्रै भाडा बढी लिएर लामोसमयसम्म यात्रु ओसार्न नसकिने भएकाले सरकारले नयाँ निर्णय लिएर दशैंमा सेवा दिने वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।

 

 

Loading spinner