दर्शनार्थीहरुका लागि पशुपतिनाथ मन्दिर बुधबारबाट खुल्ने

khabarwave
३० मंसिर २०७७

काठमाडौं ।  नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलि बुधबारबाट खुल्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द मन्दिर मंगलबार बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएकाे छ ।पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने भएकाे छ ।

 

Loading spinner