कार्यकारी अधिकृत टिक्न नसक्नुका कारणहरू भित्रैका मान्छेले खाेतले

khabarwave
२७ कार्तिक २०७७

भक्तपुर ।     मध्यपुर थिमि नगरपालिकामा मेयर मदन सुन्दर श्रेष्ठले कार्तिक ६ गते एक्कासी पत्रकार सम्मेलन गरी प्रमुख प्रशासकीय अधिकृत उद्धबप्रसाद रिजाललाई विभिन्न आरोप लागाई मन्त्रालय फिर्ता पठाएको घोषणा गरे पछि चुलिएको विवाद अझै साम्य हुन सकेको छैन । मेयरले मन्त्रालयलाई साविक प्रमुख प्रशासकीय अधिकृत रिजाललाई हटाई तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत खटाउन बाध्य पार्नका लागि कार्तिक २३ गते नेपाली काँग्रेसको संस्थापन पक्षसँग मिलि आफैं बोलाएको बैठकबाट निर्णय गरे पनि मन्त्रालयले आजसम्म कुनै चासो देखाएको छैन । बरु उल्टै त्यसरी कार्यकारी फिर्ता पठाउने व्यवस्था कानूनमा नरहेको कुरा मन्त्रालयले बताउँदै आएको छ । उपभोक्ताले काम सम्पन्न गरिसकेका आयोजनालाई दशैंमा पेश्की नदिएको भन्ने विषय नै विवादको केन्द्रमा रहेको छ ।

यो समस्यालाई नजिकबाट नियालीरहेका नेपाल मजदुर किसान पार्टी भक्तपुरका नेता एवं मध्यपुर थिमि नगरसभाका सदस्य रमेश थापासँग हामीले यस विषयमा लामै कुरा गरेका थियौं । उहाँको भनाईमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको अहिलेको विवाद कुनै नौलो विषय होईन । विगतका प्रमुख प्रशासकीय अधिकृतहरु नगरपालिकामा वस्न नसक्नुले पनि नपाभित्रको अनियमितता छर्लग हुन्छ । जवसम्म नगर प्रमुखको मनपरी र अनियमित कामलाई प्रमुख प्रशासकीय अधिकृतले मौन वसी चोसो मोसो मिलाई सहयोग गर्छ तवसम्म मात्र नगरपालिकामा बस्न सक्ने स्थिति सिर्जना गराउदै ल्याएको छ । अनियमित काम गर्न इन्कार गर्ने प्रशासकिय अधिकृतहरु या त लुसुक्क सरुवा मागेर जानु पर्ने हुन्छ नभए उद्धव रिजालको जस्तै अवस्था आउँछ ।
मैले शुरुदेखि नै विधि र सुशासनको कुरा उठाउदै आएको छु । पहिलो नगरसभा नै गलत नियतले संचालन गरेपछि त्यतिबेलै मैले कर्मचारीहरुलाई तपाईहरु नोकर बन्न चाहनुहुन्छ कि चाकर, रोजाइ तपाईहरु कै भनि भनेको थिएं । अहिलेको समस्या भनेको उद्धवजीले चाकर बन्न इन्कार गरेको परिणाम हो । उहाँले विधि र नियम संगत नभएको उपभोक्ता समितिलाई भुक्तानी दिन नसक्ने अडान राख्नु भएपछि यो स्थिति सिर्जना भएको हो । यो त सतहमा आएको कुरा भयो । खोजी गर्ने हो भन्ने मनपरी र अनियमितताको धेरै प्रमाणहरु पाउनु हुनेछ । नगर प्रमुखले आफ्नो मनपरी र अनियमिततालाई ढाकछोप गर्न सम्पदा संरक्षण नामको धुवांको पर्दा सिर्जना गरेको छ जस्ले गर्दा कति जनताहरु भ्रमित छन ।
देखि हाल्नु भो नि स्वार्थ मिले पछि मेयर छिनमै एउटा र छिनमै अर्को समूहसँग मिलेर बैठक गराउँछन् । नेपाली काँग्रेस पार्टीको रुपमा हैन नेताको गुटका रुपमा परिचालन रहुञ्जेल यस्तो भई नै रहन्छ । अहिले मेयर पक्षले भनिरहेको कुरा नियसंगत छैन भन्ने जुन दिन आभास हुन्छ, त्यस दिन समस्याको निकास खौज्न सकिन्छ । उहाँले बताउनु भयो । थापाले थप भन्नु भयो – पहिलो नगरसभादेखि चौथो नगरसभासम्मको दृश्य एउटै नै छ । पहिलो नगरसभा छलफल नै नगरी तालि बजाएर १० मिनेटमा नै सकिएको थियो । दोस्रो नगरपरिषदको हालत पनि त्यस्तै रह्यो । त्यसमाथि त्यो नगरपरिषदले मिति देखि मितिसम्म नगरपालिकाले गरेका सबै कामहरु अनुमोदन गर्ने निर्णय ग¥यो भन्ने अमुक प्रस्ताव समेत पारित गर्यो ।
चौथो नगरसभा त घरमा सही गराएर बैठक नै नबसी सम्पन्न भयो । प्रत्येक महिना बस्नै पर्ने कार्यपालिका बैठक आषाढ पछि एकै पटक कार्तिकमा बसाइयो । अनि भद्रगोल नभएर के हुन्छ त रु नगर प्रमुख र नेपाली कांग्रेसका गुटहरुको भागवण्डा र ब्लाकमेलिङ्गको राजनीतिले मध्यपुर थिमि नगरपालिकालाई ब्यवस्थित सुशासित र उदाहरणीय नगरपालिका बनाउने नगरवासीको चाहनालाई धुजा धुजा पारिदियो । जनमतलाई अपमानित ग¥यो ।

Loading spinner