तीन पटक इन्धनमा मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध

khabarwave
७ फाल्गुन २०७७

काठमाण्डाै । नेपाल आयल निगमले एक महिनामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको चौतर्फी विरोध भएको छ ।  निगमले मंगलबार डिजेल, पेट्रोल र हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएसँगै उपभोक्तावादी संघसंस्था र विद्यार्थी संगठनले विरोध गरेका हुन् ।लगातार इन्धनको मूल्य बढाउँदा त्यसको मार उपभोक्तालाई पर्न गएको भन्दै बढाइएको मूल्य फिर्ता लिनुपर्ने उपभोक्ता अधिकारकर्मीले बताएका छन् । निगमले ५ माघ र २८ माघमा पनि इन्धनको मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेर आएको भन्दै पुनः ४ फागुनमा इन्धनको मूल्य बढाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएको छ ।

Loading spinner