डुबेर जापानमा गयो नेपाली युवाको ज्यान
टोकियो । नदीमा डुबेर जापानमा एक नेपालीको मृत्यु भएको छ । राजधानी टोकियो सिनकोइवास्थित एदोगावा खोलामा पौडी खेल्ने क्रममा डुबेर गुल्मी आँपचौरका त्रिकामणी गैरेको मृत्यु भएको हो । जानकारी अनुसार उनको गत १७ अगष्ट सोमबारका दिन पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनको शब स्थानीय प्रहरीले खोलाबाट निकालेको थियो । उनको जापानमै दाहसंस्कार गरिने तयारी थालिएको छ ।
मृतक गैरे विगत ५ वर्षदेखि जापानमा रोजगारी गर्दे आएका थिए । गैरे कुकको काम गर्थे । उनकी श्रीमती पनि जापानमै छिन् । उनका नेपालमा २ छोरा छन् । उनीहरु अहिले हजुरआमासँगै बुटवलमा बस्दै आएका छन् ।