डिआइजीमा बढुवा भएका ९ जनाले लगाए दर्ज्यानी चिन्ह

khabarwave
२३ पुष २०७७

काठमाडौँ । नेपाल प्रहरीमा एसएसपीबाट डिआइजीमा बढुवा भएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाएका छन्।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा एक समारोहबिच डिआइजीलाई फुली लगाइदिएका हुन्।

डिआइजीकाे फुली लगाउनेहरूमा गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्य छन ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो।

Loading spinner