डाक्टर बन्र कति लाग्छ ? आयोगले ताेक्याे शुल्क

khabarwave
२८ पुष २०७७

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।उक्त बिषय अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी एमडीरएमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । आयोगले जारी गरएकाे सूचना अनुसार  एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएनरएमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ । एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

Loading spinner