डा. बाबुरामबिरूद्व नेकपाका दुई अध्यक्ष केपी र प्रचण्ड खनिए,भने -प्रमाण लेउ

khabarwave
२८ आश्विन २०७७

काठमाडौं ।नेपाली कांग्रेसपछि नेपाल कम्युनिस्ट पार्टीले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताउदै प्रमाण पेश गर्न चुनौती दिएकाे छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज  गरेको बताएका छन् ।नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ ।

केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ ।

Loading spinner