जेष्ठ नागरिकलाई २३ फागुनदेखि कोभिड-१९ विरुद्धको खोप
काठमाडौं । सरकारले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या भएकाे अनुमान मन्त्रालयकाे छ । २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँने सुनिश्चतासँगै मन्त्रालयले जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।
छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने मन्त्रालयकाे भनाइ छ ।